सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन्।
 |  आइतबार, साउन २२, २०७९
nespernesper

रासस

रासस

आइतबार, साउन २२, २०७९

vianetvianet

टीकापुर- कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन्। 

triton college

कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो। पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ। सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ ।

हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भँगालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ। बर्दियातर्फ नदीको भँगालो पसेमा टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ। त्यहाँ करिब ५० परिवार बस्दै आएका छन्। हजारौं बिघा खेती कटानको जोखिममा छ। श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको विओपी रहेको छ। 

'त्यहाँ विद्यालय, आधारभूत स्वास्थ्य इकाइ छ, कटान बढेमा त्यहाँका नागरिक अन्यत्र सार्नुपर्छ', टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, 'शनिबार कटान क्षेत्र र श्रीलङ्का बस्ती अनुगमन र स्थानीयसँग छलफल भएको छ। नदी बस्तीमा पस्नसक्ने जोखिम रहेकाले त्यहाँका नागरिकलाई उद्धारका लागि नगरपालिका तयारी अवस्थामा रहेको छ। साथै अत्यावश्यक सामान सुरक्षित राख्न भनेका छौँ। बढी वर्षा भएर कटान बढेमा बस्ती सार्छौं।'

नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ। गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो। पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको थियो। 

National life insurance

'पुलको भासिएको ठाउँमा ठूलाठूला ढुङ्गा हालेर खम्बामा अड्याएर सडक मर्मत गरिएको थियो', स्थानीय सुरेश ठकुल्लाले भने, 'कर्णाली नदीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि कैलाली र बर्दिया मिलेर काम गर्न आवश्यक छ।'

सत्ती पुल भएर दैनिक सयौं सवारीसाधन र हजारौं नागरिक आवतजावत गर्दछन्। नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ। जलस्तर बढ्दै गएपछि कर्णालीमा हरे वर्ष नदी कटान र नदीले धार परिवर्तन गर्ने गरेको छ। 

पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ। जेनतेन टालटुल पारेर संरक्षण हुँदै आएको पाँच सय ३१ मिटर लामो पुल ६ वर्षअघि रु ४६ करोड लागतमा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको हो।

हुलाकी सडक आयोजनाअन्तर्गत सत्ती पुलमा १४ पिलर छन्। कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्वतर्फ बग्न थालेकाले यहाँ थप एक पिलर निर्माण गर्नुपर्ने थियो। 

पूर्वतर्फ कटान गरेको ठाउँमा थप एक पिलर राख्नुपर्ने स्थानीय र प्राविधिकले पुल निर्माणकै क्रममा सल्लाह दिँदै आए पनि सम्झौता नै नभएको भन्दै बन्न सकेन। एउटा पिलर नथपिएकै कारण पुल जोखिममा रहेको छ।

प्रकाशित: Aug 07, 2022| 07:29 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।