पनौती नगरपालिकाले मोतियाविन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ। नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्।
फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघा पुरस्कृत भएका हुन्।
'दुर्गन्धले महामारी फैलिन्छ कि भनेर हामी पनि चिन्तित छौँ, दिनरात नभनी डम्पिङ साइटको खोजी गरिरहेका छौँ,' उनले भने, 'फोहर बिसर्जन गर्ने ठाउँ खोजेको थाहा पाउने बित्तिकै बाहिरदेखिका मानिस भेला भएर...
प्रत्यक्षदर्शीहरूका अनुसार एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरी भागेका थिए। यसपछि कार्यक्रममा सहभागीहरू पनि दौडिएका थिए। रुस्दीमाथि छुरा प्रहार भएको आशंका गरिएपनि यसको पुष्टि हुन सकेको छैन।
श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म...
विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ। यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११)सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा...
वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुमाथि व्यंग्य गरेका थिए। राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि उनले सुनाएका थिए।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई साथ दिएका छन्। भट्टराईले शुक्रबार बिहान धर्ना बसिरहेकाहरूलाई भेटेर न्याय दिन सरकारसँग माग गरेका हुन्।