शनिबार, जेठ २, २०८३

सबै मिल्दा मात्र विकास सम्भव : मन्त्री मेटमणि चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन्।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन्। 

National life

शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ। कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो।’

बिपी स्मृति भवनलाई बजेट छुट्याएको उनले बताए। 'अब जनमोर्चा समेतलाई छुट्याउँछु। हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ। सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ,’ मन्त्री चौधरीले भने।

दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्वारी जोड्ने केवुलकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत् तटबन्ध सहित राप्ती कोरिडोर निर्माण जस्ता महत्त्वपूर्ण परियोजना सुरु गरिने जनाए।

मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारुकल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्रज्योती संघ, उद्यमी महिला बचत तथा ऋण सहकारी लगायत विभिन्न संघ संस्थाहरूले सम्मान गरेका थिए।

प्रकाशित: Aug 14, 2022| 08:48 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।