धनगढी- कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया ६ लेन सडक खण्डको दायाँ तर्फको लेनभन्दा बाहिर एक जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत भेटिनेमा राजपुरकै ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनी शनिबार राति करीब ८ बजे मृत भेटिएका हुन्।
घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेन्द्र बहादुर बम नेतृत्वको टोली खटाइएको छ।