स्याङ्जा- स्याङ्जामा सवारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ८ मिटुवा खोलाका ४५ वर्षका लोकबहादुर कुँवर रहेका छन्।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा कुँवर गम्भीर घाइते भएका थिए।
उनलाई प्रहरीले उद्धार गरि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए।
दुर्घटनामा संलग्न चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।