शनिबार, जेठ २, २०८३

गोरखामा एक युवाको शव फेला

गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ। पालुङटार नगरपालिका वडा नम्बर ५ चिसापानीमा करिब ३७ वर्षीय बुद्धिबहादुर विकको शव फेला परेको हो।

National life

गए राति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो।

उनलाई उपचारका लागि अस्पताल लगिएको र चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाले शव फेला परेको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। युवकको हत्या आशंका गरिएको छ।

प्रकाशित: Aug 14, 2022| 10:08 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।