शनिबार, जेठ २, २०८३

डोल्पामा डोजरमाथि पहिरो खस्दा एक जनाको मृत्यु

सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा डोल्पामा अपरेटरको ज्यान गएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

National life

रुकुम पश्चिम- सडक खनिरहेको डोजरमाथि पहिरो खस्दा डोल्पामा अपरेटरको ज्यान गएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३, जिउ गाउँमा सडक खनिरहेको डोजरमा आइतबार बिहान पहिरो खसेपछि डोजर अपरेटर बाँके घर भएका २७ वर्षीय सुरज पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरो झरेपछि तत्काल पहिरोबाट अपरेटरलाई निकाल्न नसक्दा उनको ज्यान गएको बताइएको छ। जिउ गाउँबाट जुफाल जाने सडक निर्माणको काम वर्षामा पनि जारी छ।

प्रकाशित: Aug 14, 2022| 12:24 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।