शनिबार, जेठ २, २०८३

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागूऔषधि ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

बिर्तामोड- झापाको बिर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागूऔषधि ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ब्राउनसुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालकसहित दुई जनालाई पक्राउ गरेको हो।

National life

शनिबार दिउँसो साढे २ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे१ह २९२१ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्दा लागूऔषध फेला पारेको हो।

अटोचालक सुनसरी घरभई हाल बिर्तामोड डेरा गरी बस्ने वर्ष ४० को उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

यसैगरी, चौधरीलाई थप सोधपुछ गर्दा सिराह अमरुवा गाउँपालिका ५ घरभई हाल बिर्तामोड नगरपालिका ३ मा डेरा लिई बस्ने प्रतीक्षा चौधरीसमेतको सम्लग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ।

हाल दुबैलाई आवश्यक कारबाहीका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

प्रकाशित: Aug 14, 2022| 10:54 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।