शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, सरकार भन्छ- केही गर्न सकिँदैन

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, सरकार भन्छ- केही गर्न सकिँदैन

बंगलादेशले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एशियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन गरिरहेका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

ढाका- पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन्। बंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

National life

बंगलादेशले तेलको बढ्दो मूल्यको कारण यूक्रेनमा जारी युद्ध भएको बताएको छ। तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको एशियाली मुलुकका हजारौँ नागरिकहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशमा आर्थिक सङ्कट देखा पर्न सक्ने भन्दै देशका विभिन्न शहरमा सडक प्रदर्शन गरिरहेका छन्।

बंगलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात् ११५.२९ नेपाली रूपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात् १७४.२७ नेपाली रूपैयाँ पुगेको छ। त्यसैगरी यहाँ डीजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको बताइएको छ।

विश्वका अन्य धेरै मुलुकमा जस्तै रूसले यूक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको हो। यसैबीच ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमा नै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताएका छन्। 

सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उहाँले विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताए।

उनले थपे, ‘यदि निश्चित बिन्दुमा विश्वव्यापी मूल्य कम भयो भने हामी केही सम्बोधन गर्ने प्रयास गर्नेछौँ।'

गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो।

प्रकाशित: Aug 15, 2022| 05:01 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।