शनिबार, जेठ २, २०८३

पहिरो गएको भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गयो

ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गएको २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

National life

खोटाङ- खोटाङमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गएको २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो। 

भिरबाट करिब डेढ सय मिटर तल खसेका राईको तत्काल ज्यान गएको जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो। राई तल्लो गाउँमा झरेर घर जाने बेला भिरबाट लडेर ज्यान गएको हो। 

पहिरो गएको ठाउँमा अहिले डरलाग्दो भिर बनेको छ। आवत–जावत गर्ने मानव तथा गाईबस्तुलाई भिरबाट जोगाउन त्यहाँका बासिन्दाले पहिरोको शिरमा बाँसको घेराबारा हालेका छन्। तर घेराबारा नाघेर हिँड्ने क्रममा राई भिरबाट लड्न पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 14, 2022| 07:11 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।