शुक्रबार, साउन १५, २०८३

काठमाडौंमा भारी वर्षा, विभिन्न नदीमा जलसतह बढ्दो

शनिबार राति काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- शनिबार राति काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। 

आइतबार बिहानसम्म भएको भारी वर्षाका कारण विभिन्न खोला तथा नदीमा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार, उपत्यकाको मनोहरा, गोदावरी खोला, बागमती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यम तथा भारी वर्षा भएको छ। 

सबै नदीमा जलसतह बढ्दो रहेको विभागले जनाएको छ। विभागले मनोहरा नदीमा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने भन्दै पछिल्लो तीन घन्टासम्म उच्च सतर्कता  अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Aug 14, 2022| 06:22 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।