शनिबार, जेठ २, २०८३

बेलायत र दुबई पठाउने भन्दै २२ लाख ठगी, दुईजना पक्राउ

बेलायत र दुबई पठाइदिन्छु भन्दै रु २२ लाखभन्दा बढी ठगी गर्दे दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्‍न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको हो।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- बेलायत र दुबई पठाइदिन्छु भन्दै रु २२ लाखभन्दा बढी ठगी गर्दे दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्‍न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको हो। 

National life

बेलायत पठाइदिने लोभ देखाएर रु १५ लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ। राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति रु नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा रु चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति रु तीन लाख ठगी गरेको खुल्न आएको छ। 

त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ। 

यता दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौँको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ।

वर्किङ भिसामा दुबई जानका लागि रु सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक रु एक लाखसम्म तलब हुने भनी रु सात लाख ५० हजार लिई उनी फरार भएका थिए। उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित: Aug 14, 2022| 19:24 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।