शनिबार, जेठ २, २०८३

निजामती ऐन ल्याउनुपर्ने माग

नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ। संगठनले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरे।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं- नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ। संगठनले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरे। 

National life

उनले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए।

सो सङ्गठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्नसमेत सरकारसमक्ष आग्रह गरेको छ। 

उनले भने, 'एक लाख २५ हजार कर्मचारीलाई परिचालित गर्ने ऐन सरकार संसद्बाट चार वर्षसम्म ल्याउन सकेको छैन, सरकारले हाम्रै लागि ल्याउन लागेको ऐन हामीसँग सरसल्लाह गर्दैन।'

कर्मचारीसम्बन्धी नीति नियम बनाउँदा अनिवार्यरूपमा निजामती क्षेत्रका ट्रेड युनियनलाई राखेर छलफल गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Aug 14, 2022| 21:53 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।