बिहीबार, वैशाख ३१, २०८३

समाज

कस्तो रहला आजको मौसम?

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

आज दसैंको छैटौं दिन : कात्यायनी देवीको पूजाआराधना गरिँदै

माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ। यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

बुटवल उपमहानगरद्वारा किसानलाई प्रोत्साहन अनुदान

उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

नेपालमा होउ यान्छीको कार्यकाल सकियो, आसियानको राजदूत बन्‍ने

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार डिसेम्बर २०१८ मा नेपाल आएकी यान्छीको कार्यकाल सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

नवरात्रको पाँचौँ दिन गरियो स्कन्दमाताको पूजा आराधना

कुनै समय शिव र पार्वती ऋषिका सभामा जाँदा सबैले उठेर स्वागत गरे। ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो पार्वतीलाई मन परेन। पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

अझै रोकिएन बालविवाह

नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन। विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

दसैंको शुभकामनासँगै कविता वाचन

सखी प्रतिष्ठानले आज २०७९ असोज १४ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा दसैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै कविता वाचन कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

२५ वर्षसम्म पनि बनेन इलाका प्रशासन कार्यालयको भवन

हजारौँ नागरिकलाई लक्षित गरी २५ वर्षअघि बुर्तिबाङ इलाका प्रशासन कार्यालय सञ्चालनमा आयो। तर कार्यालय सञ्चालनमा आएको साढे दुई दशक बितिसक्दा पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का स्वीकृत

पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्या आरोपित तीन जना सार्वजनिक [तीन तस्बिर]

प्रहरीको विशेष टोलीले उपत्यका र वीरगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

काउन्टरमा बसको टिकट पाउनै मुस्किल

वडा दसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

दसैंमा घर जाने गाडी भाडा कति? (सूचीसहित)

यातायात व्यवस्था विभागले भने सार्वजनिक गाडीलाई व्यवस्थापन गर्ने कार्य भइरहेको जनाएको छ। विभागका महानिर्देशक टोकराज पाण्डेले काठमाडौं उपत्यकामा चल्ने गाडीलाई पूर्वपश्चिम जता गए पनि रुट परमिट खुल्ला गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२-०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४० वर्षीय कृष्ण गिरीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु

मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षीय नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

नेपालगञ्जस्थित राही मार्ट, ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फिड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

प्रमुख प्रशासकीय अधिकृतलाई एमाले नेताको धम्की- तपाईंको अस्तित्व समाप्त पारिदिन्छु

सांसद राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सीडीयो कार्यालय लगायतलाई बोधार्थ दिएर सुरक्षाको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९

दीर्घकालीन फोहोर विसर्जन स्थल खोजी गर्दै काठमाडौं महानगर

बन्चरेडाँडामा फोहोर लैजाँदा पटक–पटक समस्या सिर्जना भएपछि उपत्यकामै व्यवस्थापन गर्न स्थान पहिचान खोजीमा लाग्यो महानगर।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १४, २०७९