बिहीबार, वैशाख ३१, २०८३

रामेछापबाट लुक्लाका लागि उडान सुरू

तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरू भएको छ। तारा, समिट र सीता एयरले विदेशी पर्यटकका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्।

National life

दसैँको बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीले विदेशी पर्यटकलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन्। 

यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीले यस वर्षदेखि उडान थालेका हुन्। यो पर्यटकको याम भएकाले दैनिक रुपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको ती कम्पनीहरुले जनाएका छन्। 

काठमाडौँबाट नजिक रहेको यस विमानस्थलमा साना विमानस्थलका लागि हवाई इन्धनसहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ। नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाडौंको कुनै कम्पनीले पनि उडान भर्न सकेका छैनन्। 

प्रकाशित: Oct 02, 2022| 07:25 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।