बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैंको मुखमा बारेकोट गाउँपालिकाको खाद्य डिपो रित्तै

दसैंको मुखमा बारेकोट गाउँपालिकाको खाद्य डिपो रित्तै

नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दसैंमा समस्या भएको हो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

जाजरकोट- बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ। नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दसैंमा समस्या भएको हो। 

National life

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्। स्थानीय बजारमा पाइने महंगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट–५ का विवेक सिंहले बताए।

उनले भने, ‘दसैंको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन।’

पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन्। सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन्। स्थानीय बजारमा चामल महंगो हुँदा आफूहरू मर्कामा परेको अर्का रमिता सिंहले बताए।

जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ। अन्न कम उत्पादन हुने बारेकोटमा २ वटा खाद्यका डिपो स्थापना गरिएको थियो। चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काम मात्र भएको छ। दसैंअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Oct 02, 2022| 08:59 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।