शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनास्लुमा फेरि हिमपहिरो, बेस क्याम्पबाट तल सर्दै आरोही

मनास्लुमा फेरि हिमपहिरो, बेस क्याम्पबाट तल सर्दै आरोही

मनास्लु हिमालमा फेरि हिमपहिरो खसेको छ। तर, कुनै मानवीय क्षति भएको छैन।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- मनास्लु हिमालमा फेरि हिमपहिरो खसेको छ। तर, कुनै मानवीय क्षति भएको छैन।

आइतबार बिहान करिब ९ बजेतिर हिमपहिरो खसेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उनका अनुसार गोरखाकै चुमनुव्री गाउँपालिका–१ स्थित पहिलो बेसक्याम्पमा हिमपहिरो खसेको हो।

बेस क्याम्पमै रहेका आरोही मिङ्‌मा शेर्पाले अहिलेसम्मकै ठूलो हिमपहिरो आएको जानकारी दिएका छन्। उनले ट्विटरमा लेखेका छन्, 'मनास्लु आधार शिविरमा ठूलो हिमपहिरो आएको छ। यस्तो हिमपहिरो पहिले कहिल्यै देखेको थिएन। सबैजना सुरक्षित छन् र हाम्रो सबै टोली बेस क्याम्पमा फर्किँदैछ। हामी आज हाम्रो शिविर बन्द गर्ने प्रयास गर्नेछौं र सुरक्षित रूपमा आधार शिविर छोड्ने प्रयास गर्नेछौं।'

हिमपहिरोले त्यहाँका केही टेन्टमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बरालले बताए। 'तल्लो बेसक्याममा हिमपहिरो खसेको हो। मानवीय क्षति भएको छैन। केही टेन्टमा क्षति पुगेको जानकारी आएको छ,' उनले भने।

हिमालमा यस किसिमका सानोतिनो पहिरो खस्नु सामान्य भएको उनको भनाइ छ।

यसअघि, यही असोज १० गते मनास्लुको तेस्रो बेसक्याम्पमा हिमपहिरो खसेको थियो। त्यति बेला एकजनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए।


प्रकाशित: Oct 02, 2022| 13:44 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।