बिहीबार, वैशाख ३१, २०८३

काठमाडौं उपत्यका छाड्नेको भीड

आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

National life

काठमाडौं- आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।

काठमाडौंका विभिन्‍न नाकाहरुबाट दसैँ मान्नका लागि काठमाडौं उपत्यका छाड्नेहरुको भीड लागेको हो। खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको छ। सार्वजनिक यातायात र निजी सवारी साधनहरुको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन्। सवारी साधनभित्र यात्रुहरु भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरुको लाइन पनि लामो देख्न सकिन्छ। धेरै सवारी साधन चलेका कारण यात्रुहरुले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ।

दैनिक हजारौँको संख्यामा मानिसहरुले काठमाडौं उपत्यका छोडिरहेका छन्। अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरुको संख्या बढेको छ। अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारण मानिसहरुको आवत्जावत्मा समस्या भएपनि यस वर्ष भने निर्वाध रुपमा मानिसहरु आवत्जावत् गरिरहेका छन्। यात्रुहरुले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन्।  

प्रकाशित: Oct 02, 2022| 15:35 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।