काठमाडौं- निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न थालेको छ।
आयोगका अनुसार १५ असोजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न थालिएको हो।
२० असोजभित्र सबै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना भइसक्ने आयोगले बताएको छ।