बुधबार, जेठ २७, २०८३

दसैंमा बज्‍ने गीतहरू

घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैं प्रारम्भ भइसकेको छ। रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैं प्रारम्भ भइसकेको छ। रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ। 

National life

दसैंलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन्। हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन्। परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन्। रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैंको रौनक भित्र्याउँछ।

सर्वाधिक बज्ने गीत हो ‘दसैं आयो’। फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैं भित्रिएको अनुभूत गराउँछ। लोकनाथ सापकोटाको तयार पार्नुभएको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिनुभएको छ। गीतमा सुरेश अधिकारीले सङ्गीत दिनुभएको छ। रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ। 

स्वरसम्राट नारायणगोपालको स्वर दिनुभएको ‘बिछोडको पीडा’ पनि दसैंमा बज्ने गीतमध्येको एक हो। नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिनुभएको गीतले दसैंमा गाउँ फर्किरहनुभएको युवाको प्रतिनिधित्व गरेको छ। ‘बिछोडको पीडा नसकी खप्न दसैंका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ। गीतलाई रत्नशमशेर थापाले लेखेका छन्। दसैं, तिहारको उत्साह, उमङ्ग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गर्नुभएको ‘दसैं तिहार’। रवि श्रेष्ठले शब्द लेख्नुभएको गीतमा सङ्गीत स्वयं सुगमले नै दिएका छन्।

 परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दसैंमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ। महान चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैं नै हो कि’। योगेश्वर अमात्यले स्वर दिनुभएको गीतमा उत्साह उमङ्गसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ। 

Shivam cement

दसैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ। दसैंको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुङ्गानाले रचना गरेका हुन्। यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन्। वरिष्ठ सङ्गीतकार शम्भूजित बाँस्कोटा पहिले दसैं, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउँछन्। उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ।

'मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ। दसैंलाई महशुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ। हिजोदेखि आजसम्म गीतलाई दसैंमा उत्तिकै सेलिब्रेट गरिन्छ,' सङ्गीतकार बाँस्कोटाले भने।

सङ्गीतकारसँगै गायकसमेत रहेका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दसैं गीत प्रिय लाग्ने बताए। उनी भन्छन्, 'नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन। दसैं, तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन।' फिल्म झैँ चर्चा र लगानी एक्लरुपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उनको भनाइ छ।

प्रकाशित: Oct 02, 2022| 06:55 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।