शुक्रबार, असोज २, २०८३

दसैंका बेला काठमाडौंमा जल्यो बालेनको पुत्ला

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित स्थानीयले शनिबार साँझ मेयर शाहको पुत्ला दहन गरेका हुन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को पुत्ला दहन गरेका छन्। 

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित स्थानीयले शनिबार साँझ मेयर शाहको पुत्ला दहन गरेका हुन्। मंका खल, आदिवासी जनजाती संघ लगायत नेवा: समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गरेका थिए। 

डोजर आतंक बन्द गर,  नेवा विरोधी होसियार, नेवा एकता जिन्दावाद जस्ता नारा लगाउँदै स्थानीय वासिन्दाले बालेनविरुद्ध नाराबाजी गरेका हुन्। यस्तै स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका थिए।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका थिए। शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। 

‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनीहरूले रिस्टोर त्वा:छें भनेर अभियान समेत सञ्चालन गरेका छन‍्।

प्रकाशित: Oct 02, 2022| 07:49 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।