बिहीबार, वैशाख ३१, २०८३

विभिन्‍न जिल्लामा सात जना मृत अवस्थामा फेला

देशभरका विभिन्‍न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशभरका विभिन्‍न स्थानमा शनिबार सात जना मृत फेला परेका हुन्।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- देशभरका विभिन्‍न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार देशभरका विभिन्‍न स्थानमा शनिबार सात जना मृत फेला परेका हुन्। 

National life

उदयपुर, बेलका नगरपालिका-६ बाक्सिखोप बस्ने ७२ वर्षीय लाल बहादुर सार्की सोही ठाउँस्थित राक्चे खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

कास्कीको पोखरा महानगरपालिका-१८ भकुण्डेस्थित कुखुरा फर्म संचालन गरी बस्दै आएका चितवन भरतपुर महानगरपालिका-२२ घर भएका ७० वर्षीय डिल्लीराम गुरुङ उक्त फर्मभित्र रहेको कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

कपिलवस्तु, शिवराज नगरपालिका गडगौरास्थित धानखेतमा सोही ठाउँ बस्ने ३४ वर्षीय सैयम कुमार यादव शनिबार मृत अवस्थामा फेला परेका छन्। 

धादिङ, सिद्धलेक गाउँपालिका-१ थोपलखोलास्थित थोपलखोलाको बिचमा निलकण्ठ नगरपालिका-४ सिम्ले गैरी बस्ने ४५ वर्षीय दल बहादुर श्रेष्‍ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, बागमती गाउँपालिका-१ घुसेल गौँथली भिरस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

ईलाम, देउमाई नगरपालिका-५ र माङसेबुङ गाउँपालिका-१ गजुरमुखीधामको सिमानास्थित देउमाई खोलाको पक्की पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

रूपन्देही, समरीमाई गाउँपालिका-३ दिहवास्थित तिनाउ खोलाको बीच भागमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 01, 2022| 19:35 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।