अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न संघीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ।
आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ।
हुम्लाको चंखेली गाउँपालिका–६ को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरू एउटै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो वडादसैँ पर्व समापन हुन्छ।