बिहीबार, वैशाख ३१, २०८३

मौसमविद् भन्छन्- मनसुन बाहिरिन अझै केही दिन लाग्छ

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- हाल नेपालमा मनसुनी गतिविधि सक्रिय नै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। अन्य प्रदेशमा पनि आंशिक बदली रहने महाशाखाको भनाइ छ। 

National life

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

मौसमविद् वरुण पौडेल नेपालबाट अहिले नै मनसुन बाहिरिई नसकेको बताउँछन्। ‘खासै ठूलो मौसमी गतिविधि सक्रिय छैन। दसैंको जस्तो ठूलो र लगातार झरी हुने सम्भावना हटेको छ। मनसुनी गतिविधि उत्तरार्धमा पुगे पनि अहिले नै पूर्णरूपमा मनसुन बाहिरिएको छैन,’ उनले भने।

पश्चिमबाट क्रमिक रूपमा मौसम सुधार हुँदै गएको उनले बताए। शनिबार/आइतबारदेखि देशभरको मौसम सफा हुने देखिएको उनको भनाइ छ। त्यसअघि विशेषगरी पहाडी क्षेत्रमा केही बदली र हल्का पानी पर्ने सम्भावना उनले जानकारी दिए।

'पूर्वबाट भित्रिएको मनसुन पश्चिमबाट बाहिरिने गर्छ। यो वर्ष गएको जुन ५ मा मनसुन भित्रिएको थियो। मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि अहिलेसम्म मनसुनी गतिविधि सक्रिय नै छ,' उनले भने।

मनसुन बाहिरिई नसकेको भए पनि ठूलो पानी पार्ने मौसमी गतिविधि भने नरहेकाले किसानहरूले आइतबारदेखि पाकेका ठाउँमा धान काट्न सुरु गरे खासै जोखिम नहुने उनी बताउँछन्। आफूहरू अध्ययन कै क्रममा रहेकाले मनसुन कहिले बाहिरिन्छ भन्ने बारेमा एक/दुई दिनमा मौसमी बुलेटिन जारी गरिने उनले बताए।

प्रकाशित: Oct 12, 2022| 08:49 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।