काठमाडौं- धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्हीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
मोटरसाइकलमा पछाडि सवार एक व्यक्ति घाइते भएका छन्। घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मंगलबार साँझ करिब ५ बजे ज११प ७५८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकछेउमा रहेको पोलमा ठोक्किएको प्रहरीचौकी जिरोमाइलले जानकारी दिएको छ।