काठमाडौं- ओखलढुंगा कला साहित्य समाजको आयोजनामा ओखलढुंगा जिल्ला स्तरीय प्रतिभा छनौट कार्यक्रम सुरु भएको छ। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका फलाटे बजारमा यही आजदेखि सुरु भएको कार्यक्रम २९ गतेसम्म संचालन हुनेछ।
कार्यक्रमबाट ओखलढुंगा जिल्ला स्तरीय साहित्य, गायन र नृत्यतर्फको फरक फरक क्षेत्रका तीन जना प्रतिभा छनोट हुने आयोजक ओखलढुंगा कला साहित्य समाजका महासचिव रामनाथ घिमिरेले जानकारी दिए।
खिँजीदेम्बा गाउँपालिकाको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रममा एक सय भन्दाबढी प्रतियोगी सहभागि भएका छन्।
संस्थाका सल्लाहकार वरिष्ठ गायक नवीन ढुंगेल, महाप्रसाद खनाल, शक्ति श्रेष्ठ, माधव दाहाल, बलबहादुर परियार तथा वरिष्ठ साहित्यकार पत्रकार विनोद दाहाल, चेतनाथ धमला लगायतले प्रतिभा छनोट कार्यक्रममा निर्णयकको भूमिका निर्वाह गर्ने सचिव जितेन्द्र बानियाँले बताए।
गायन, लेखन तथा नृत्य विधाका जितेतालाई जनही ३० हजार तथा ट्रफि र प्रमाणपत्र द्धितियलाई २० हजार र प्रमाण पत्र तथा तृतीयलाई जनही १० हजार र प्रमाण पत्र तथा सान्त्वनालाई पाँच हजार र प्रमाण पत्र वितरण गरिनेछ।
जिल्लामै पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमबाट जिल्लाका प्रतिभावान व्यक्तिहरुको पहिचान हुनुकासाथै उनीहरुलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको समाजका अध्यक्ष गायक राज राईले जानकारी दिए।