मंगलबार, साउन १२, २०८३

कस्तो रहला देशका ठूला नदीमा बहाव?

हाल नेपालमा मनसुनी गतिविधि सक्रिय नै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- हाल नेपालमा मनसुनी गतिविधि सक्रिय नै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुनका कारण आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

मनसुन सक्रिय रहेकाले बुधबार कोशी, कन्काई र कमला  तथा यसका सहायक नदीहरूमा बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बुधबार बिहान एक बुलेटिन जारी गर्दै बाढीको पछिल्लो अवस्थाबारे जानकारी दिएको हो। 

महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदीहरूमा बहाव सामान्य घट्ने र सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरेको छ।

बुधबार इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनुषा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।

यस्तै, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ। संखुवासभा, ओखलढुंगा, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने साना नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।

प्रकाशित: Oct 12, 2022| 10:11 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।