बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी हानेको आरोपमा ६ जना पक्राउ

दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- दरबारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

National life

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका दुई जनामाथि आठ जनाको समूहले खुकुरी प्रहार गरेको थियो। खुकुरी प्रहारपछि उक्त समूह फरार भएको थियो।

खुकुरी प्रहारबाट घाइते भएका नितेश राई र छिरिङ लामाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका दावा दोर्जे शेर्पा उर्फ च्याङ्बा, प्रदिप लामा, जीवन तामाङ र काभ्रेको मंगलटार घर भएका जितेन लामासहित ६ जना छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पाँच जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

एक महिनाअघि प्लाटिनम क्लबका बाउन्सरसँग आरोपीहरूको झगडा भएको बताइएको छ।

प्रकाशित: Oct 12, 2022| 10:33 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।