साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि एक सय ४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन्।
कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को को अति विशिष्ठ पाहुनाको आगमन हुन्छ र उनीहरूलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाएका विनोद बराल।
गाईघाटबाट सामान लिएर रौतामाई गाउँपालिका–५ रसुवा जाँदै गरेको स१त ४९४६ नम्बरको ट्रयाक्टर त्रियुगा नगरपालिका–१५ छाम्लिङ्गमा अनियन्त्रित भई दुर्घटना भएको हो।
जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ। प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो।
नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन्।