झापा- जंगली हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते भएका छन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका-५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका-४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलथल जंगलीबाट निस्किएका हात्तिले स्थानीयमाथि आक्रमण गरेका थिए।
गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन्। साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीय प्रह्लाद सिलवालले बताए।
हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्याएको छ।