आइतबार, वैशाख २७, २०८३

हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते

जंगली हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते भएका छन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका-५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

झापा- जंगली हात्तीको आक्रमणमा परी झापामा चार जना घाइते भएका छन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका-५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

National life

दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका-४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलथल जंगलीबाट निस्किएका हात्तिले स्थानीयमाथि आक्रमण गरेका थिए।

गाउँघरमा हात्ती निस्किएपछि खेदाउने क्रममा हात्तीको आक्रमणमा परी उनीहरू घाइते भएको स्थानीयले बताएका छन्। साथै हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएर नष्ट गरिदिएको स्थानीय प्रह्लाद सिलवालले बताए। 

हात्तीले धनबहादुर गहतराजको अटोमा समेत क्षति पुर्‍याएको छ।

प्रकाशित: Dec 11, 2022| 10:11 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।