बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालीकोटमा डोजर दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

कालीकोटमा डोजर दुर्घटना अपडेट : मृतक संख्या तीन पुग्यो

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

कालिकोट- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही रहेका छन्।  दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकामा उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।

यस्तै, घाइते खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए। 

यस्तै तीन जना अझै बेपत्ता रहेका उनले बताए। बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन्। 

प्रकाशित: Dec 11, 2022| 08:17 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।