कालिकोट- कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका-१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका-७ का २२ वर्षीय मिलन शाही रहेका छन्। दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकामा उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ।
यस्तै, घाइते खाँडाचक्र नगरपालिका-११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए।
यस्तै तीन जना अझै बेपत्ता रहेका उनले बताए। बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका-१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन्।