शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
 |  आइतबार, मंसिर २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

vianetvianet

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

पूर्वपश्चिम राजमार्गअन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा  कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।

चौधरीले चलाएको से.७प ७७९३ नम्बरको  मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१-००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि सेतीको शव गृहमा राखिएको छ।

ट्रयाक्टर र चालक कैलालीको भजनी नगरपालिका-३ बस्ने ३४ वर्षीय  कलम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 11, 2022| 07:55 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।