बिहीबार, असार ११, २०८३

किसानलाई खेतमै विद्युत् सेवा

झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरुवात गरेको छ।
 |  आइतबार, मंसिर २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २५, २०७९

काठमाडौं- झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत–खेतमा बिजुली पुर्‍याउन सुरुवात गरेको छ। किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत–खेतमा विद्युत् सुविधा पुर्‍याउन थालिएको हो।

National life

गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय ५० किसानको खेतमा विद्युत् पुर्‍याउन धमाधम काम भइरहेको बताए।

पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत रकम अनुदानमा उपलब्ध गराउँदै आएको साहले बताए। ‘किसानलाई ट्युबवेल तथा मोटर खरिदका लागि ५० प्रतिशत अनुदान दिँदै आएका छौँ’, उनले भने, ‘पोहोर साल सय जना किसानले यो सुविधा लिनुभएको थियो, यसपालि निवेदन दिनेको सङ्ख्या बढेको छ।’

यस क्षेत्रका किसानले धान, मकै, तोरी, गहुँ र विभिन्न तरकारी खेती गर्दै आएका छन्। विगतमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका स्थानीयवासी पालिकाले अनुदान दिन थालेपछि व्यावसायिक तरकारी खेतीमा जुटेका छन्।

पालिकाले चालु आर्थिक वर्षमा किसानको खेत–खेतमा बिजुली पुर्‍याउने परियोजनाका लागि सात सयवटा बिजुलीका पोल खरिद गरिसकेको छ। अनुदान पाएपछि एकातिर पानी तान्ने ट्युबवेल र मोटर खरिदमा किसानको लागत कम भएको छ भने अर्काातिर उत्पादनमा वृद्धि भएको छ। 

Shivam cement

पालिकाका अध्यक्ष साहका अनुसार कम्तीमा चार बिघा जमिन बराबर एउटा ट्युबवेल र मोटर खरिदमा अनुदान दिइने व्यवस्था छ। बिजुलीको पोल पु¥याउन किसानले कुनै खर्च व्यहोर्नु पर्दैन। थोरै जमिन भएका चारदेखि छ जनासम्मको समूह बनाएर किसान यो सुविधा लिन पालिकामा आउने गरेका छन्।

झापा गाउँपालिका वडा नं २ का ५५ वर्षीय किसान सहनी राजवंशीले खेतमा बिजुली पुगेपछि व्यावसायिक तरकारी सुरु गरेको बताए। उनको खेतीमा अहिले भण्टा, काउलीलगायतको तरकारी बाली फस्टाइरहेको छ।

‘हामी किसानलाई पनि सरकारले खेती गर्न अनुदान दिँदोरहेछ भन्ने यसअघि थाहा थिएन’, उनले पालिकाले दिएको सुविधाको प्रशंसा गर्दै भने, ‘ट्युबवेलबाट पानी निकालेर सिँचाइ गर्न पाएका छौँ। तरकारी खेती राम्रो भएको छ।’ पाँच वर्ष अघिसम्म घरमा बिजुली बाल्न नपाएका किसान खेतमै बिजुली पुगेपछि दङ्ग छन्।

पालिकाको अध्यक्षमा साह दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। पहिलो कार्यकालमै उहाँले किसानलाई अनुदान कार्यक्रमको थालनी गर्नुभएको थियो। उहाँले पालिकाभित्रका वास्तविक किसानको पहिचान गरी परिचयपत्र वितरणका लागि समेत तयारी पूरा भइसकेको बताउनुभयो। झापाको दुर्गम मानिएको यस पालिकामा आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य छ।

प्रकाशित: Dec 11, 2022| 08:40 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।