आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

भक्तपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठ रहेका छन्।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

भक्तपुर– मध्यपुरथिमि नगरपालिका-९ बोडे मनहरा पुल नजिकै स्कुटरले ठक्कर दिँदा आज एक पैदलयात्रीको मृत्यु भएको छ। 

National life

मूलपानीबाट बोडे आउँदै गरेको बा ७६ प ९०३५ नंको स्कुटरले ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुरथिमि नगरपालिका-९ बोडे बस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुर्घटनापछि घाइते श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए। 

प्रहरीले स्कुटर चालक सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका-७ घर भई हाल काठमाडौँ बौद्ध बस्ने २२ वर्षीय पाल्दने लामालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Dec 10, 2022| 20:36 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।