आइतबार, वैशाख २७, २०८३

सेती नदीमा एक जनाको शव फेला

शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

National life

डोटी- डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ। शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो।  

स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए। प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो।

मृतकको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ। नदी किनारमा जाँदा चिप्लिँदा बगाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 10, 2022| 18:19 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।