विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) भाइरसबाट प्रभावित भई आकस्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन सप्तरीमा ५० शैय्याको ‘आइसोलेसन कक्ष’ तयार गरिएको छ।
विश्व स्वास्थ संगठनले नेपाललाई कोराना संक्रमणको उच्च जोखिममा राखेको छ। गत डिसेम्बरबाट चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ।
स्वास्थ्य मन्त्रालयले मातहतका विभाग, अस्पताल एवम् स्वास्थ्यसँग सम्बन्धित निकायमा कार्यरत सहसचिव एवम् विभागीय प्रमुखलाई सार्वजनिक बिदाको दिनमासमेत विदा नबस्न निर्देशन दिएको छ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित भएको छ। चैत १९ गतेदेखि २१ गतेसम्म तय भएको रथयात्रा कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै स्थगित गरिएको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जानकारी दिएको छ।