बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आपूर्ति व्यवस्था सहज बनाउन नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता

आपूर्ति व्यवस्था सहज बनाउन नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच टेलिफोन वार्ता

 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरबीच टेलिफोन वार्ता भएको छ।

दुई मन्त्रीबीच खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको सहज आयात–निर्यातका लागि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सीमानाकामा आवात–जावत गर्नेहरूको स्वास्थ्य जाँचमा कडाई गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

नेपाल सरकारले खाद्यान्नको अभाव नरहेको र आपूर्ति व्यवस्थामा कुनै समस्या नहुने बताउँदै आइरहेको छ।

विश्वव्यापी महामारी कोभिड–१९को जोखिम कम गर्न र नियन्त्रणका लागि दुई देशबीच मिलेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Mar 20, 2020| 13:39 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।