काठमाडौं - कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ। गत मंगलबारदेखि बिहीबारसम्म झण्डै तीन लाखले उपत्यका छाडेका छन्। शुक्रबार पनि काठमाडौंको नयाँ बसपार्क र कलंकी क्षेत्रमा उपत्यका छोड्नेको ठूलो भिड रहेको छ।
यसैबीच हवाई सेवामार्फत पनि काठमाडौं छोड्नेको घुइँचो छ। काठमाडौंबाट देशमा विभिन्न क्षेत्रमा हुने उडानका अधिकांश टिकटहरु पनि सकिएका छन् भने पाइएपनि महंगो शुल्क तोकिएको छ। यस्तै उपत्यकाबाट बाहिरिने यातायातका साधनमा पनि सिट पाउन मुस्किल भएको छ।
सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसँगै उपत्यका छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो।
केही तस्बिरहरु


