बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सह–सचिव तथा विभागीय प्रमुखलाई बिदामा नबस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सह–सचिव तथा विभागीय प्रमुखलाई बिदामा नबस्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले मातहतका विभाग, अस्पताल एवम् स्वास्थ्यसँग सम्बन्धित निकायमा कार्यरत सहसचिव एवम् विभागीय प्रमुखलाई सार्वजनिक बिदाको दिनमासमेत विदा नबस्न निर्देशन दिएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं- स्वास्थ्य मन्त्रालयले मातहतका विभाग, अस्पताल एवम् स्वास्थ्यसँग सम्बन्धित निकायमा कार्यरत सहसचिव एवम् विभागीय प्रमुखलाई सार्वजनिक बिदाको दिनमासमेत विदा नबस्न निर्देशन दिएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढिरहेका बेला मातहतका विभागीय प्रमुखलाई बिदा नबस्न मन्त्रालयले निर्देशन दिएका हो।

शुक्रबार मन्त्रालयले पत्राचार गर्दै उप–सचिव र अधिकृतस्तरका कर्मचारीहरुलाई पनि काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।

मन्त्रालयको सचिवस्तरीय निर्णयले कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा व्यवस्थापन एवम् परिचालन गर्नुपर्ने भएकाले विदा नबस्न निर्देशन दिएको हो।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु, औषधि व्यवस्था विभाग, बिजुलीबजार, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, आन्तरिक प्रशासन शाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु तथा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुमा पत्राचार गरेको छ।

त्यस्तै मन्त्रालयले राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीलगायतलाई पत्राचार गरेको छ।

प्रकाशित: Mar 20, 2020| 10:14 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।