बिहीबार, भदौ ४, २०८३

कालोबजारी गर्नेलाई ५ वर्ष कैद

सरकारले ग्यासलगायत उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– सरकारले ग्यासलगायत उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका अधिकारीहरूबीच शुक्रबार बसेको बैठकले ग्यास लगायत उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ।

सरकारले कम्तीमा ६ महिनाका लागि ग्यास लगायत उपभोग्य वस्तुको मौज्दात रहेको बताए पनि कोरोना भाइरसको कारण देखाउँदै व्यापारीहरूले कालोबजारी गर्न थालेपछि उपभोक्ता मारमा परेका छन्।

ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको सरकारको भनाइ छ। मन्त्रालयले ग्यास उद्योगले असहयोग गरेमा सञ्चालन अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ।

पछिल्लो समय विषेशगरी खाना पकाउने ग्यासमा कालोबजारी गर्नेहरुको हकमा पाँच वर्षसम्मको कैद गरिने निर्णय गरेको हो।

बैठकले विभिन्न जिल्लामा खाद्यान्न विवरण संकलन गर्ने र कहाँ कहाँ अपुग छ त्यहाँ खाद्यन्न पुर्याउने व्यवस्था गर्ने समेत निर्णय गरेको हो।

त्यस्तै मन्त्रालयले खाद्यान्न अभाव भए सहज बनाउनका लागि जस्तोसुकै कदम पनि चाल्ने भएकोले कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिने पनि निर्णय भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: Mar 20, 2020| 11:46 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।