बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश कोरोना जोखिम पूर्वतयारी : भारतबाट फर्किने पनि क्वारेन्टाइनमा बस्नुपर्ने

कर्णाली प्रदेश कोरोना जोखिम पूर्वतयारी : भारतबाट फर्किने पनि क्वारेन्टाइनमा बस्नुपर्ने

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले ५० करोड बजेट छुट्याउने भएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

सुर्खेत- कोरोना भाइरस (कोभिड-१९) संक्रमणको सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले ५० करोड बजेट छुट्याउने भएको छ।

त्यस्तै कोरोना प्रभावित मुलुकबाट आउनेलाई राख्न १ हजार बेडको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा कोरोना भाइरस (कोभिड–१९) रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले विपद् व्यवस्थापन कोष स्थापना गर्दै ५० करोड बजेट छुट्याउने र १ हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

प्रदेश सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६ सय बेड र नेपाली सेनाले रेडियो नेपाल हाताभित्र ४ सय बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ। भारत लगायत अन्य मुलुकबाट कर्णाली फर्केकाहरू अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ।

सरकारले रोजगारीका लागि भारत गएका युवाहरुलाई भने आगामी दश दिनभित्र कर्णालीभित्र प्रवेश गरिसक्न समितिले अनुरोध गरेको छ।

बैठकले सरकारले सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति र उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समिति पनि गठन गरेको छ।

प्रकाशित: Mar 20, 2020| 14:04 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।