बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभरका विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको बनाउँछौंः मन्त्री भट्टराई

देशभरका विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको बनाउँछौंः मन्त्री भट्टराई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै आन्तरिक विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने भएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६


मन्त्रालयमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलको सरसफाइ अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले विमानस्थलको सफाइलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले काम अघि बढाउने स्पष्ट पारे। उनले सफाइ मजदूरलाई आवश्यक तालीम र आधुनिक सामग्रीको प्रबन्ध गरेर सरसफाइमा परिवर्तन ल्याइने बताए।

सो अवसरमा एनआरएनए अभियानकर्मी एवं सफाइ विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलको सरसफाइ अवस्थाको बेग्लाबेग्लै ‘अडिट’ बुझाएका थिए। धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलको सरसफाइको अवस्था, कानूनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामको सूची र सुझाव समावेश छ । शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सरसफाइ गर्नुपर्ने सफाइका स्पष्ट कानूनी व्यवस्था गर्नुपर्ने, सरसफाइ मजदूरलाई तालीमको व्यवस्था गर्नुपर्ने, सफाइ मजदूरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिएका छन्।

मन्त्री भट्टराईले उल्लेखित सुझाव महत्वपूर्ण र सान्दर्भिक भएको भन्दै ती सुझावका आधारमा विमानस्थलको सरसफाइ शुरु गराउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिए। उनले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिएका हुन्। सुधारका सुझाव तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्थाबारेमा प्रतिवेदन तयार पार्न मन्त्री भट्टराईले निर्देशन दिए।
रासस

प्रकाशित: Mar 20, 2020| 09:36 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।