ओमिक्रोन संक्रमितहरू भारतको कर्नाटकमा राज्यमा फेला परेका हुन्। ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहसचिव अग्रवालले बताए।
त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।
कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ।
हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो।
चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतका शिक्षण संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा पूर्ण शुल्कतर्फको कक्षा सञ्चालनमा रोक लगाएको छ।
दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त भेरियन्ट देखिएको हो।
नेपालमा एचआइभी संक्रमण पत्ता लागेको ३४ वर्ष पुरा भइसकेको छ। २०१० को तुलनामा ६३ प्रतिशतले एचआइभी संक्रमित कम भए पनि अझै १० हजार संक्रमित उपचारको दायरामा नआउँदा समस्या थपिएको छ।
खोपसम्बन्धी अनुगमनकारी निकायले १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेको हो। ‘हामी १८ वर्षमाथिका सबैलाइ खोप दिने तयारी गरेका छौं,’ राष्ट्रिय स्वास्थ्य सेवाका एक अधिकारीले भने।