आइतबार, वैशाख ७, २०८२

खरिदभन्दा अनुदानमै बढी खोप

महाशाखाका अनुसार १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको हो भने करिब १ करोड ९९ लाख १८ हजार डोख खोप अनुदानमा प्राप्त भएको हो।
 |  शुक्रबार, पुस २, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, पुस २, २०७८

vianetvianet

काठमाडौं- नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको १० महिना पूरा भइसकेको छ। यो अवधिमा (बिहीबारसम्मको तथ्यांक अनुसार) नेपालमा कुल २ करोड १२ लाख ३८ हजार ६२३ डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

triton college

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल जनसंख्याको ३१.२ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन् भने पहिलो डोज खोप लगाउने ३८.७ प्रतिशत छ। लक्षित जनसंख्या  (खोप लगाउन योग्य उमेर समूह)को करिब ६० प्रतिशतले कम्तीमा एक डोज कोभिड खोप लगाएको र ४७.५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। 

कुन खोप कति आयो?

स्वास्थ्य सेवा विभाग,आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार हालसम्म नेपालमा कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडेर्ना गरी ६ प्रकारका खोप ल्याइएको छ। हालसम्म कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडेर्ना गरी ६ प्रकारका कोभिड खोप आएका छन्। सबै प्रकारका खोप गरी कुल ३ करोड ५४ लाख ६६ हजार ९८० डोज खोप नेपालमा ल्याइएको छ। नेपालमा खोप ल्याउने क्रम अझसम्म पनि जारी छ। 

महाशाखाका अनुसार १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको हो भने करिब १ करोड ९९ लाख १८ हजार डोख खोप अनुदानमा प्राप्त भएको हो। 

National life insurance

कोभिसिल्ड 

नेपालमा सबैभन्दा पहिला भित्रिएको खोप कोभिसिल्ड हो। गत माघमा पहिलोपटक भारत सरकारले नेपाल सरकारलाई अनुदानस्वरुप १० लाख डोज उपलब्ध गराएको थियो। हालसम्म अनुदान र खरिद गरी ७६ लाख १६ हजार ५०० डोज कोभिसिल्ड आयात गरिएको छ। जसमध्ये २० लाख डोज मात्र सरकारले खरिद गरेको कोल्डचेन तथा भ्याक्सिन व्यवस्थापनका सदस्य बडेबाबु थापाले जानकारी दिए। उनका अनुसार ५६ लाख १६ हजार ५०० डोज भ्याक्सिन भारत सरकार, भारतीय सेना तथा कोभ्याक्स सुविधाबाट अनुदानस्वरुप नेपाललाई प्राप्त भएको हो। 

भेरोसेल 

भेरोसेल नेपालमा सबैभन्दा बढी प्रयोग भएको भ्याक्सिन हो। बिहीबारसम्म १ करोड ७३ लाख ४९ हजार ६०० डोज भेरोसेल नेपालमा आयात गरिएको छ। गत असारमा नेपालले पनि मान्यता दिएको भेरोसेल चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो। यस खोप हालसम्म ३८ लाख अनुदानमा प्राप्त भएको छ। बाँकी १ करोड ३५ लाख ४९ हजार खरिद गरिएको छ। भेरोसेल खोप नेपाल सरकारले सबैभन्दा धेरै खरिद गरेको छ। 

फाइजर 

फाइजर खोप नेपालमा हालसम्म १ लाख ६२० डोज मात्रै आयात गरिएको छ। अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको फाइजर खोप अमेरिकाले अनुदानमा नेपाललाई दिएको हो। कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफमार्फत् नेपाल आएको उक्त खोप १२ वर्षभन्दामाथिका उमेर समूहमा प्रभावकारी हुने भनिएको उक्त खोप नेपालमा १२ वर्षमाथिका दीर्घरोगीलाई दिइएको छ। 

एस्ट्राजेनेका 

यो खोप ३० लाख ३७ हजार ५६० डोज ल्याइएको छ। एस्ट्राजेनेकाको खोप विभिन्न देशहरूले नेपाललाई अनुदानस्वरुप दिएका छन्। यद्यपि एस्ट्राजेनेका खोप नेपाल सरकारले खरिद भने गरेको छैन। जापान, बेलायत, क्यानडा, स्विडेन, माल्दिभ्स, भुटानलगायत देशहरुले नेपाललाई अनुदानस्वरुप यो खोप उपलब्ध गराएका हुन्। 

जोनसन एन्ड जोनसन

अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीद्वारा निर्मित यो खोप नेपालमा हालसम्म ३७ लाख ११ हजार ५०० डोज भित्रिएको छ। जसमा सबै अनुदानका खोप रहेका छन्। गत असारमा कोभ्याक्स सहायता अन्तर्गत अमेरिकी सहायताको १५ लाख ३४ हजार ८५० मात्रा जोनसन एन्ड जोनसन खोप नेपाल सरकारलाई दिएको थियो। त्यस्तै बिहीबार मात्रै जर्मनी सरकारले २१ लाख ७६ हजार ६५० डोज खोप सहयोग गरेको छ। 

मोडेर्ना

सरकारले मोर्डना खोप अहिलेसम्म ३६ लाख ५१ हजार २०० डोज प्राप्त गरिसकेको छ। कोभ्याक्स सुविधामार्फत जर्मनीको सहयोगमा १९ लाख ६५ हजार ६०० डोज प्राप्त गरेको छ भने अमेरिकी सहयोगमा १६ लाख ८५ हजार ६०० प्राप्त भएको छ। 

उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएको छ।

प्रकाशित: Dec 17, 2021| 16:17 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्