शुक्रबार, चैत ६, २०८२

शिक्षक सेवा आयोगको ११औँ संशोधन मन्त्री परिषद्‍बाट स्वीकृत

शिक्षक सेवा आयोगको ११औँ संशोधनले बढुवा प्रयोजनका लागि विषयगत परीक्षा एक सय, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ हुने गरी संशोधन गरेको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगको ११औँ संशोधनले बढुवा प्रयोजनका लागि विषयगत परीक्षा एक सय, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ हुने गरी संशोधन गरेको छ।

National life

१०औँ संशोधनले मूल नियम १८ मा सामान्य परीक्षा १००, विषयगत परीक्षा १००, प्रयोगात्मक परीक्षा २५ र अन्तर्वार्ता २५ गरी पूर्णाङ्क कायम गरेकोमा यसलाई परिवर्तन गरेको हो। 

त्यस्तै नियम ३८ मा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गर्दा लिइने लिखित तथा अन्तरवार्ताको अङ्क विभाजन तथा अन्य व्यवस्था खुल्ला प्रतियोगितात्मक परीक्षा सरह हुनेछ भनी उल्लेख गरिएको थियो। यो संशोधन भएपछि  आन्तरिक प्रतिस्प्रधाको विज्ञापन गर्न सहज हुने भएको छ।



प्रकाशित: Dec 18, 2021| 07:20 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्