शुक्रबार, चैत ६, २०८२

बीसीजी खोप कभरेजमा बागमती प्रदेश पछाडि

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको खोप कभरेज सम्बन्धि वार्षिक तथ्यांकले बागमती प्रदेशमा सबैभन्दा कम प्रतिशतले बिसिजी खोप लगाएको देखाएको छ। बागमतीमा जम्मा ७१.१ प्रतिशतले मात्रै खोप लगाएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- बालबालिकालाई दिइने बिसिजी खोप कभरेजमा बागमती प्रदेश अन्य प्रदेशभन्दा पछाडी देखिएको छ।

National life

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको खोप कभरेज सम्बन्धि वार्षिक तथ्यांकले बागमती प्रदेशमा सबैभन्दा कम प्रतिशतले बिसिजी खोप लगाएको देखाएको छ। बागमतीमा जम्मा ७१.१ प्रतिशतले मात्रै खोप लगाएका छन्। 

तथ्यांकअनुसार बागमती प्रदेशमा जम्मा ७१.१ प्रतिशत मात्रैले खोप प्राप्त गरेका छन्। त्यस्तै, प्रदेश १ मा ७१.४ प्रतिशत र गण्डकी प्रदेशमा ७१.५ प्रतिशतले खोप पाएका छन्।  सुदूरपश्चिम प्रदेशमा ८८.५ प्रतिशत र लुम्बिनी प्रदेशमा ९३.५ प्रतिशत बालबालिकाले खोप प्राप्त गरेका छन्। त्यस्तै प्रदेश २ र कर्णालीमा शतप्रतिशत बालबालिकालाई खोप पुर्‍याएको देखिएको छ। 

दिगो विकास लक्ष्यअनुसार २०२२ सम्ममा ९३ प्रतिशत पुग्नुपर्ने र सन् २०३० सम्ममा ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएपनि अझै बिसिजी खोप कार्यक्रम त्यहाँसम्म पुग्ने अवस्था छैन।  नेपालमा देशव्यापी रुपमा हाल ८७.३ प्रतिशत शिशुलाई मात्रै उक्त खोप लगाइएको मन्त्रालयको तथ्याँक छ। हरेक महिना नेपालमा खोप छुटाएकै कारण ६७० केटाकेटीको मृत्यु हुनसक्ने अनुमान युनिसेफको छ।

प्रकाशित: Dec 15, 2021| 11:32 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्