शुक्रबार, चैत ६, २०८२

चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि १४ पुसबाट अनलाइन आवेदन

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि १४ पुसबाट अनलाइन आवेदन खुला गर्ने भएको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि १४ पुसबाट अनलाइन आवेदन खुला गर्ने भएको छ। एमबीबीएस, बिडिएस, नर्सिङलगायत एकीकृत परीक्षाको लागि आवेदन खुला गर्ने आयोगले २८ मंसिरमा सूचना निकालेर जानकारी गराएको छ। २०७८—०७९ को शैक्षिक सत्रका लागि १२ विधाको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो । 

आवेदनका लागि नेपाली विद्यार्थीका ४ हजार र विदेशी विद्यार्थीका लागि ८ हजार आवेदन शुल्क निर्धारण गरिएको छ। आयोगले तीन दिनमा सकिने गरी परीक्षा तालिका पनि सार्वजनिक गरेको छ। तर, मिति भने तोकेको छैन। पहिलो दिन एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलपीको परीक्षा हुनेछ। दोस्रो दिन बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बी फार्म र बी अप्थालेमेट्रीको परीक्षा हुनेछ भने तेस्रो बिपीएचको परीक्षा हुनेछ ।

आयोगले एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएएसएलपी र बी पफ्र्ययुजन टेक्नोलोजीका लागि इन्ट्रान्स आवेदन दिन प्लस टुमा फिजिक्स, क्यामेष्ट्री र बायोलोजी विषय पढेर विज्ञान समूहमा न्यूनतम ५० प्रतिशत वा २।४ प्रतिशत जिपिए ल्याएको हुनुपर्नेछ । वा ए लेभल वा सो सरह ग्रेडिङ प्रणालीमा भएका अन्य कार्यक्रममा पनि सोही योग्यता चाहिने जनाएको छ भने बिएएमएस, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बिपीटी, बी फार्म र बी अप्थोमेट्रीका लागि पनि सोही योग्यता तोकिएको छ। बिएनएसका लागि भने नर्सिङ विषयमा प्रमाणपत्र डिप्लोमा तहमा न्यूनतम ५० प्रतिशत अंक प्राप्त गरेको र नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ।

प्रकाशित: Dec 15, 2021| 13:48 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्