शनिबार, जेठ २, २०८३

लुम्बिनीका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

National life

बुटवल- लुम्बिनी प्रदेशका नौ जिल्लामा आज सोमबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ।

विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए।

लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो।  लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ।

प्रकाशित: Dec 20, 2021| 10:20 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्