शुक्रबार, चैत ६, २०८२

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै

सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- सरकारले आजदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ।

National life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा बालबालिकालाई दिन लागेको हो। आजदेखि यही पुस १४ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाइने मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिइन्।

सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ रहेको छ।

यस्तै सरकारले पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने मन्त्रालयले जनाएको छ। फाइजरको दोस्रो डोज माघ ४ देखि १३ सम्म दिइनेछ। न्यून तापक्रम भण्डारण क्षमता भएका जिल्लामा फाइजर खोप दिइने छ। फाइजर माइनस ७० डिग्री सेल्सियस र मोडर्ना माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ ।

कहाँ–कहाँ दिइने छ मोडर्ना खोप?

Laxmi sunrise bank
kumari

प्रदेश १ का ११ जिल्ला : ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर

प्रदेश २ का ५ जिल्ला : सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा

वाग्मतीका ७ जिल्ला : दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर

गण्डकीका ९ जिल्ला : गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत

लुम्बिनीका ९ जिल्ला : रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया

कर्णालीका ९ जिल्ला : डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान

सुदूरपश्चिमका ७ जिल्ला : बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर

फाइजर खोप कहाँ–कहाँ?

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत

प्रकाशित: Dec 19, 2021| 09:55 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्