राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनाको निर्माण प्रक्रियाले अपेक्षाकृत रुपमा गति लिन नसकेपछि उच्च सरकारी नेतृत्वले नै निर्माण व्यवसायीको प्रधान कार्यालय कोलकाता पुगेर छलफल गरेको छ।
लघु, घरेलु तथा साना उद्योगहरूमा सीपमूलक तालिमलाई आवश्यक पाठ्यक्रम निर्माणका लागि नेपाल घरेलु महासंघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बीच सम्झौता भएको छ।
नेपाल ट्रेड युनियन कांग्रेसले आम श्रमजीवीलाई सामाजिक सुरक्षाका सम्बन्धमा जनचेतना जगाउने र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ।
नेपालमा एडीबी, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय विकास साझेदारहरुले ऋणका साथै उच्च तलब र सुविधासहित विदेशी कर्मचारी राख्दा पनि नेपालबाट विदेशिने रकम बढेर सेवा क्षेत्र घाटामा गएको हो ।